भारतीय गायिका लता मंगेशकरको निधन
काठमाण्डौ। भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
केही हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन कक्षमा राखी उपचार गरिँदै आएको थियो । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
आइतबार बिहान ८.१२ मा उनको निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ...